आज पनि काठमाडौंमै उच्च संख्यामा संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ भाद्र १, सोमबार

पछिल्ला केही दिनहरुदेखि निरन्तर रुपमा काठमाडौंबाटै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिने क्रम जारी छ भने उपत्यकाका तीनवटै जिल्लाबाट पनि नयाँ संक्रमितहरु भेटिरहेका छन् ।
पछिल्लो परिक्षणमा ३७ वटा जिल्लाबाट ५ सय ८१ नयाँ संक्रमित भेटिएकोमा काठमाडौं उपत्यकामै एक सय ६८ जना रहेका छन् भने सबैभन्दा बढि संक्रमित काठमाडौंबाट एक सय ३९ जना रहेका छन् ।
त्यसैगरी पर्सामा ७७, बारामा ५९, मोरङमा ४०, रुपन्देहीमा ३२, सुनसरीमा ३१, प्यूठानमा २८, बाँकेमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
सर्लाहीमा १७, कैलालीमा १६, ललितपुरमा १५, भक्तपुर र कास्कीमा १४, कन्चनपुरमा १२, रौतहटमा ११ जनामा संक्रमण देखिएको छ ।
झापामा ८, सिन्धुपाल्चोकमा ५, काभ्रेपलान्चोक, स्याङ्जा, मकवानपुर र धादिङमा ४/४, धनुषा र जुम्लामा ३/३, महोत्तरी, कपिवलवस्तु, तनुहँ र दाङमा २/२ जनामा संक्रमण भेटिएको छ ।
सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
आज संक्रमण पुष्टि हुनेमध्ये एक सय ७३ जना महिला र ४ सय ८ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय