arin enterprises

आजसम्मकै उच्च संख्यामा संक्रमित भेटिए, हजार बढिमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ भाद्र २, मंगलबार

नेपालमा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु थप भएका छन् । आज एकैपल्ट हजार बढिमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार १६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २८ हजार २ सय ५७ पुगेको हो ।

पछिल्लो पटक एक सय ६० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १७ हजार ५ सय ८० पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ५ लाख ४२ हजार ८ सय ६६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार ४ सय ३९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १३ हजार ९ सय २६ छ भने सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय १४ पुगेको छ । आज थप ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय