arin enterprises

हजारमा २०५ जना संक्रमति उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ भाद्र २, मंगलबार

नेपालमा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् भने पछिल्लो २४ घन्टामा परिक्षण पनि आजसम्मकै उच्च संख्यामा गरिएको छ ।

देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको १३ हजार ४ सय ३९ वटा परिक्षणमा ४७ जिल्लाबाट एक हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।

आज पनि सबैभन्दा बढि संक्रमित काठमाडौंमै देखिएका छन् भने काठमाडौं उपत्यकाभित्र मात्रै २ सय ५ जना संक्रमित भेटिएका छन् । 

आज काठमाडौंमा आज एक सय ३८ जनामा संक्रमण देखिएको छ  भने पर्सामा एक सय २८, मोरङमा एक सय ८, सर्लाहीमा एक सय ७, धनुषामा ६४, ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ ।

चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, काभ्रेपलान्चोक र झापामा २१/२१, कपिलवस्तुमा १९, भक्तपुरमा १७, कास्कीमा १६, रुपन्देहीमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

बर्दियामा ९, सुनसरीमा ८, बाँकेमा ६, दैलेखमा ५, नवलपरासी पूर्वमा ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बागलुङमा ३/३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलामा २/२ जनामा संक्रमण देखिएको छ ।

खोटाङ, ओखलढुङ्गा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी पश्चिम, रोल्पा, रुकुमपश्चिम, सुर्खेत, कैलाली र कन्चनपुरमा भने एक/एक जना कोरोना पोजेटिभ पाइएको छन् ।

प्रदेशहरुमा भने आज सबैभन्दा बढि संक्रमित प्रदेश २ मा ४ सय २१ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ७ जना भेटिएका छन् ।

त्यस्तै, वागमति प्रदेशमा ३ सय १३, प्रदेश एकमा एक सय ४५, प्रदेश ५ मा ५१, सुदुरपश्चिम प्रदेशमा ५०, गण्डकीमा २९ जना संक्रमित देखिएका छन् ।

Categorized in राष्ट्रिय