ललितपुरमा गाईफार्म जेलर लाखौंको धनमाल नष्ट
SamacharDesk – बिकाश | २०७७ भाद्र ४, बिहिबार

ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकामा एउटा गाई फार्मको टहरा जलेर नगदसहित लाखौंको धनमालको क्षति भएको छ ।
महालक्ष्मी ७ चाँगाथली बस्ने दोलखा घर भएका तिर्थ बहादुर सार्कीको गाई फर्मको टहरामा ग्याँस लिक भई बिहीबार बिहान आगलागी भएको हो ।
आगलागी हुँदा कुखुराको दाना, लत्ताकपडा, भाँडावर्तन र नगद १ लाख रुपैयाँ समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज