बागमति प्रदेशमा २५० नयाँ संक्रमितमध्ये उपत्यकामै १८२
SamacharDesk – बिकाश | २०७७ भाद्र ५, शुक्रबार

पछिल्लो २४ घन्टाको परिक्षणमा ५० जिल्लामा ८ सय ३८ नयाँ संक्रमित भेटिएको छ भने आज पनि सबैभन्दा बढि काठमाडौं जिल्लाबाटै बढि संक्रमित देखिएका छन् ।
आज काठमाडौं उपत्यकामा एक सय ८२ नयाँ संक्रमित देखिँदा काठमाडौंमै एक सय ४२ जना रहेका छन् । ललितपुरमा २५ जना र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलालीमा ८५ जना नयाँ संक्रमित थपिँदा पर्सामा ८०, जुम्लामा ५३, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९, सर्लाहीमा २४, चितवनमा २३ र बाँकेमा २० जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी नवलपरासी पूर्वमा १९, रुपन्देहीमा १७, सिराहामा १६, कन्चनपुरमा १४, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, प्यूठान र बर्दियामा ६/६, सप्तरीमा ५, दाङ र इलाममा ४/४, धनुषा, बागलुङ, रुकुमपश्चिम र वैतडीमा ३/३ जनामा संक्रमण देखिएको छ ।
उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेलधुरामा २/२ जनामा संक्रमण पुष्टि हुँदा ताप्लेजुङ, पाँचथर, दोलखा, धादिङ, रसुवा, कास्की, पर्वत, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, कालिकोट, दैलेखमा एक/एक कोरोना पोजेटिभ पाइएको छन् ।
प्रदेशमा सबैभन्दा बढि बागमति प्रदेशमा २ सय ५० जना र सबैभन्दा कम गण्डकीमा २७ जना कोरोना संक्रमित भेटिएका छन् ।
प्रदेश २ मा एक सय ७९ जना, सुदुरपश्चिममा एक सय ७६, प्रदेश एकमा ८९, प्रदेश ५ मा ५९ र कर्णाली प्रदेशमा ५८ जना संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय