दुई जना मृत अवस्थामा फेला
SamacharDesk – बिकाश | २०७७ भाद्र ५, शुक्रबार

गुल्मी, मालिका गाउँपालिकामा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
सोही गाउँपालिका ७ घमिर बस्ने ३६ वर्षीय बक बहादुर बिक सोही ठाउँस्थित लक्ष्मी होटलको पालीमुनि खाटमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यसैगरी मोरङ, बेलबारी नगरपालिका ८ स्कुलडाँडा बस्ने ६० वर्षीय नरनाथ दाहाललाई पनि उनकै घर नजिकैको धान खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दुवै घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको जनाएको छ ।
Categorized in समाज