६३४ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ३१११७
SamacharDesk – बिकाश | २०७७ भाद्र ६, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
तीमध्ये एक सय ८२ जना महिला र ४ सय ५२ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा २ सय १६ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये एक सय ६० काठमाडौंका छन् भने भक्तपुरमा ५० जना र ललितपुरमा ६ जना रहेका छन् ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३१ हजार एक सय १७ पुगेको छ ।
पछिल्लो पटक एक सय ३६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १८ हजार ३ सय ५० पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ५ लाख ९२ हजार ४ सय १८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ५ सय १९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ११ हजार ६ सय ५८ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ जना रहेका छन् । तीमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ५ र ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४६ पुगेको छ । आज ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय