arin enterprises

दिनहुँ मृतकको संख्या थपिँदै, आज थप ९ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र ६, शनिबार

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार एक ६ वर्षीया बालिकाको साथै ८ जना पुरुषहरुको मृत्यु भएको जानकारी दिनुभयो ।

सुनसरीमा एक ६ वर्षीया बालिकाको साथमा ६७ वर्षीय पुरुषको मृत्यु भएको छ भने पर्सामा ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुष एक÷एक जना गरी ३ जनाको मृत्यु भएको छ ।

बारामा ५८ वर्षीय पुरुषको मृत्यु हुँदा सिराहामा पनि एक ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मकवानपुरका ५६ वर्षीय पुरुष एक जना र भक्तपुरका ७३ वर्षीय पुरुष एकजनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४६ पुगेको छ ।

Categorized in समाज