arin enterprises

वायर्न म्युनिखले जित्यो युरोपियन च्याम्पियन्स लिगको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ भाद्र ८, सोमबार

जर्मन क्लब वायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । 

आइतबार राति भएको खेलमा वायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो।

बीना दर्शक पोर्चुगलको एस्टिडियो दा लुज स्टेडियममा भएको खेलमा बायर्नलाई जित दिलायन किङ्गस्ले कोम्यानले ५९ औं मिनेटमा निर्णायक गोल गर्याे । 

काेम्यानले जोसुआ किमिचकाे पासमा हेड गर्दै गोल गरेका हुन् ।

त्यस्तै वायर्नले यस सिजनको उपाधि जित्ने क्रममा लगातार ११ खेल जितेको छ भने च्याम्पियन्स लिगको सबै खेले जितेर उपाधि जित्ने पनि पहिलो टिम बनेको छ ।

खेलको पहिलो हाफमा वार्यनका रोबर्ट लेवान्डोस्कीको प्रहार गरेको बल पोस्टमा ठाेक्किएकाे थियाे । 

त्यस्तै पिएसजीका केलियन एमबाप्पे, मार्किन्होस र नेइमारको प्रहारलाई वार्यनका गोलकिपर म्यानुयल नेउरले छेकेका थि । 

यो उपाधि जितेसँगै वायर्नले ६ पटक उपाधि जितेका छन् । यो सँगै बढी उपाधि जित्ने टिमको तेस्रो स्थानमा रहेको लिभरपुलसँग वायर्नले बराबरी गरेका छन् ।

च्याम्पियन्स लिगको उपाधि सर्वाधिक जित्ने रियल म्याड्रिड हो । म्याड्रिडले हालसम्म १३ पटक जितेका छन् । दोस्रो स्थानको एसी मिलानले ७ पटक उपाधि जितेको छ ।

 

यता पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका भने गुमाएकाे छ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS tihar2082