arin enterprises

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।

कोभिड १९ बाट संक्रमित ८४ वर्षीय मुखर्जीको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । 

भारतीय कांग्रेसका वरिष्ठ नेता मुखर्जी केही हफ्ता अघिबाट नयाँ दिल्लीस्थित सैन्य अस्पताल रिसर्च एन्ड रेफरलमा भर्ना भई उपचाररत थिए ।

अस्पताल भर्ना गरिएको समयमा उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

पछि उनको फोक्सोमा संक्रमण देखिएपछि परिक्षण गरिँदा उनमा कोरोना पोजेटिभ देखिएको हो । 

सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति रहेका उनी भारत रत्नबाट समेत सम्मानित भइसकेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय