डिस्क्वालिफाई हुँदै प्रतियोगीताबाट बाहिरिए जोकोभिच
SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट डिसक्वालिफाई हुँदै बाहिरिएका छन् ।
चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि सर्वियन खेलाडी जोकोभिच च्याम्पियनसिपबाट डिस्क्वालिफाइड हुँदै बाहिरिएका हुन् ।
खेलमा कारेनो ६/५ ले पछि परेको अवस्थामा आक्रामक बनेका जोकोभिचले लाइन जजतर्फ बलले हान्दा उक्त घटना घटेको थियो।
खेलको क्रममा बुस्टासँग अंक गुमाएपछि ३३ वर्षीय जोकोभिचले लाइन जजतर्फ बल हानेका थिए ।
जोकोभिचले आफ्नो खल्तीमा रहेको बल निकालेर पछाडि पट्टी हान्दा लाइन जजको घाँटीमा लागेको थियो । बलले लाग्नेवित्तिकै लाइन जज ढलेका थिए ।
युनाइटेड स्टेट्स टेनिस एसोसिएसनले एक स्टेटमेन्ट जारी गर्दै जोकोभिचले लाइन जजलाई बल हानेकोले उनलाई प्रतियोगिताबाट डिस्क्वालिफाइड गरेको जनाएको छ ।
उनले अब युएस ओपनको सबै र्यांकिङ प्वाइन्ट र प्राइज मनी पनि गुमाउने भएका छन् ।
घटना पछि जोकोभिचले इन्स्टाग्राममार्फत युएस ओपनसँगै सबैसँग माफी मागेका छन् ।
जोकोविच करिअरको १८औं ग्रान्डस्लाम जित्ने अभियानमा थिए ।
प्रतियोगिताबाट बाहिरिनु अघि जोकोभिचले सन् २०२० मा कुनै खेल गुमाएका थिएनन् ।
Categorized in स्पाेर्ट्स