arin enterprises

१०६११ नमूना परिक्षणबाट ९ सय २ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिराज | २०७७ भाद्र २३, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का ९ सय २ जना नयाँ संक्रमित थप भएका छन् । 

तीमध्ये ३ सय ७ जना महिला छन् भने ५ सय ९५ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ४८ हजार एक सय ३८ पुगेको छ ।

पछिल्लो पटक दुई हजार दुई सय ८७ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ७ लाख ८८ हजार एक सय ७४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ६ सय ११ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ५ हजार ३ सय १० रहेको छ ।

सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ६ हजार ८ सय १५ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना छन् ।

देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ४४ जना आइसीयूमा उपचाररत छन् । 

प्रदेश एकमा ६ जना, प्रदेश २ मा २४, वागमती प्रदेशमा ८५, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २०, कर्णाली प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा एक जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।

त्यसैगरी वागमती प्रदेशमा २२ जना र प्रदेश ५ मा एक जना गरी जम्मा २३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप एक महिला र ५ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय