arin enterprises

रोयल च्यालेन्जर्स बैङ्लोर द्वारा सनराइजर्स हैदराबाद पराजित

SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ आश्विन ६, मंगलबार

इण्डियन प्रिमियर लिग अन्तर्गत  रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ।

युएईमा जारी लिगमासोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो ।

रोयल च्यालेन्जर्स बेङ्लोरले लिगको आफ्नो पहिलो खेलमा जित हासिल गरेकोे तेश्रो संस्करणपछि यो पहिलो पटक हो ।

टस जितेर हैदराबादले पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ् गरेको बेङ्लोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जसमा देवदत्त पडिकलले सर्वाधिक ५६ रन जोडे भने एबी डी डिलियर्सले ५१ रन बनाएका थिए ।

त्यसपछि ब्याटिङ गरेको हैदराबादले १९.४ ओभरमा १५३ रन बनाइ अलआउट भएकोे थियो।

२ विकेटको क्षतिमा १२१ रन बनाएको हैदरावादले त्यसपछि ३२ रन जोड्दा आफ्नो सबै विकेट गुमाउनु पर्दा बेङ्लोरले खेल आफ्नो पोल्टामा पारेको हो जसमा बेङ्लोरका युजवेन्द्र चहलले सर्वाधिक ३ विकेट लिए भने नवदीप सैनीले २ विकेट लिए ।

त्यस्तै हैदरबादका लागि भने जोनी बेयरस्टोले सर्वाधिक ६१ रन बनाएका थिए ।

 

Categorized in स्पाेर्ट्स