arin enterprises

किंग्स–११ पञ्जावको सान्दार जित

SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ आश्विन ९, शुक्रबार

आइपिएल क्रिकेटमा किंग्स–११ पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि सान्दार जित हात पारेको छ।

दुबई इन्टरनेसनल स्टेडियममा बिहीबार राति भएको खेलमा पञ्जावले ९७ रनको जित निकालेको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ३ विकेटको क्षतिमा २०६ रन जोड्यो ।

पन्जावको लागि कप्तान केएल राहुलको शतक बनाए । उनले नटआउट रहँदै ६९ बलमा १४ चौका र ७ छक्का हान्दै एक सय ३२ रनको योगदान दिए ।

 हाल जारी आइपिएलमा यो पहिलो शतक हो । 

त्यस्तै मायक अग्रवालले २६ रनको योगदान दिए ।

बलिङमा बेंग्लोरका शिभम् दुबेले २ विकेट लिए। 

उक्त खेलमा पञ्जावका कप्तान केएल राहुलको दुई वटा क्याच मिस भएको थिए । राहुलले ८३ रन र ८९ रन बनाउँदा बेंग्लोरको कप्तान कोलहीले क्याच मिस गरेका हुन् । 

जवाफि ब्याटिङ्गमा मैदानमा उत्रेको बेंग्लोर १७ ओभरमा १०९ रनमै अलआउट भयो । बेंग्लोरको लागि वासिङ्टन सुन्दरले सबैभन्दा बढी २७ बलमा ३० रन जोडे ।

त्यस्तै एबी डिभिलियर्सले २८ रन बटुल्दा आरोन फिन्चले २० रन जोडे तर अन्य ब्याट्सम्यानहरुले भने कम रनमा नै आउट भए ।

बलिङमा पञ्जावका रवि बिश्नोइ र मुरुगन आश्विनले ३–३ विकेट लिए ।

Categorized in स्पाेर्ट्स