काठमाडौं उपत्यकामा ६ सय ४५ कोरोना संक्रमित थप
SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ आश्विन ९, शुक्रबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ३ जना छन् भने ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना रहेका छन् ।
त्यस्तै मोरङमा ६९, चितवन ६७, रुपन्देहीमा ६१, महोत्तरी ५५, सर्लाही ३९, बाँकेमा ३२, सुनसरीमा २८, अछाम र बझाङमा २५ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी नवलपरासी पूर्वमा २४, कास्कीमा १९, गोरखामा १६, पर्सामा १५, झापा र सल्यानमा १४, प्यूठान र सिराहामा १३, धनुषा ११, बारामा १० जनामा संक्रमण देखिएको छ ।
मकवानपुर, दाङ र सुर्खेतमा ९,बाग्लुङमा ८, काभ्रेपलान्चोकमा ७, कपिलवस्तु, पाल्पा, कैलाली, बर्दिया र गुल्मीमा ६ जना संक्रमण पुष्टि भएको छ ।
लमजुङमा ५, स्याङ्जा, अर्घाखाँची, रामेछाप र धादिङमा ४, खोटाङ, सप्तरी, नुवाकोटमा ३ जना संक्रमण पुष्टि भएको छ ।
सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीमा २/२ जना भने तेह्रथुम, दैलेख, दोलखा, कन्चपुर, रौतहट, तेह्रथुम, दार्चुला र तनहुँ एक एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा वागमती प्रदेशमा ७ सय ४४, प्रदेश २ मा १४७, प्रदेश ५ मा १४५, प्रदेश एकमा ११६, गण्डकी प्रदेशमा ७७, सुदुरपश्चिम प्रदेशमा ६० र कर्णाली प्रदेशमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।
Categorized in समाज
