कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ आश्विन ११, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक एक महिला र ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौंमा ५० वर्षीया महिला एक जनाको साथमा ६१ र ६२ वर्षका पुरुषहरु दुई जनाको मृत्यु भएको छ भने ललितपुरका ४२ र ७७ वर्षका पुरुषहरु दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै बर्दियाका ५० वर्षीय र ६३ वर्षीय पुरुष दुई जनाको साथमा बाराका २० वर्षका पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र अछामका ३४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ ।
Categorized in समाज