arin enterprises

कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ आश्विन १२, सोमबार

नेपालमा हाल आएर कोरोना संक्रमणबाट हुने मृत्युको प्रकृती चर्चाभन्दा फरक देखिन थालेको छ ।

विश्वमा कोभिडबाट हुने मृत्युको अवस्था र विज्ञहरुको अध्ययनबाट कोरोना संक्रमणबाट दीर्घरोगी वा रोग प्रतिरोधी क्षमताको विकास भइनसकेका बालबालिकाको साथमा पाको उमेरका व्यक्तिहरुको मृत्यु बढि हुने गरेको देखाएको छ ।

नेपालमा वर्तमान समयमा फरक उमेर समूहमा मृत्यु हुने गरेको पाइएको छ ।

पछिल्लो २४ घन्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये दुई जना महिला छन् भने दुई जना पुरुष हुन् ।

मृत्यु हुनेहरु ३४ वर्षदेखि ५१ वर्ष उमेर समूहका रहेका छन् ।

भक्तपुरकी ५१ वर्षीया महिलाको मृत्यु भएको छ भने सुनसरीमा ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

त्यस्तै बाँकेका ४८ वर्षीय पुरुषको साथमा गुल्मीका ३४ वर्षीय पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

Categorized in समाज