कोरोनाका कारण थप ७ जनाको निधन
SamacharDesk – बिकाश | २०७७ आश्विन १४, बुधबार

नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक थप २ महिला र ५ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनै दुवै जना महिला काठमाडौंबाट रहेका छन् । काठमाडौंकी ३४ वर्षीया र ८६ वर्षीया महिला २ जनाको मृत्यु भएको छ भने ५४ वर्षीय पुरुष एक जनाको पनि मृत्यु भएको छ ।
त्यस्तै सुनसरीमा ६० वर्षीय, मोरङमा ६० वर्षीय, सप्तरीमा ३९ वर्षीय, रुपन्देहीमा ८२ वर्षीय पुरुषहरुको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।
Categorized in समाज