काठमाडौंमा ५ सहित ११ जनाको कोरोनाका कारण मृत्यु
SamacharDesk – बिकाश | २०७७ आश्विन १६, शुक्रबार

नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा ४ महिला र ७ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुने ११ मध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौंकी ६७ वर्षीया महिला एक जनाको साथमा भक्तपुरकी ५१ र ६१ वर्षीया महिला दुई जना र ललितपुरका ३२ र ७० वर्षीय पुरुषहरु दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै बाँकेका ५२ र ५९ वर्षका पुरुषहरु दुई जनाको साथमा सुर्खेतकी ७५ वर्षीय महिला, मोरङका २७ वर्षीय पुरुष, मकवानपुरका ७८ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ ।
Categorized in समाज