५ दिने बालिकासहित थप ७ जनाको कोरोनाका कारण मृत्यु
SamacharDesk – बिकाश | २०७७ आश्विन १८, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो पटक ५ दिनकी बालिकासहित ४ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मकवानपुरमा ५ दिनकी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा दुई जना पुरुषको पनि मृत्यु भएको छ । काठमाडौंका ५५ वर्षीय पुरुषको साथमा ललितपुरका ७७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
त्यसैगरी बाँकेकी २५ वर्षीया महिलाको साथमा ६० वर्षीय पुरुष, र कन्चनपुरकी २९ वर्षीया महिला र चितवनकी ५५ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।
Categorized in समाज