कोरोनाबाट थप १९ को मृत्यु, उपत्यकाकै १२ जना
SamacharDesk – बिकाश | २०७७ आश्विन १९, सोमबार

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक ५ जना महिला र १४ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुने १९ मध्ये १२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौंमा मात्रै ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिलाहरु ३ जना र २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय पुरुषहरु ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै ललितपुरमा ३ वर्षीय बालकको साथमा ५५ र ७१ वर्षीय पुरुषहरु ३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी सर्लाहीका ४२ र ६९ वर्षीय पुरुषहरु दुई जना, सुनसरीमा ५५ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष र नवलपरासी (पुर्व) मा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
साथमा पर्साकी ६५ वर्षीया महिला र गोरखामा ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।
Categorized in समाज