arin enterprises

थप १५ जना संक्रमितको मृत्यु, उपत्यकाका ७ जना

SamacharDesk – बिकाश | २०७७ आश्विन २१, बुधबार

पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो पटक ५ जना महिला र १० जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुने १५ मध्ये ७ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

काठमाडौंमा ६६ र ७२ वर्षीया महिलाहरु दुई जनाको साथै ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषहरु ४ जना गरी ६ जनाको मृत्यु भएको छ ।

ललितपुरमा ४६ वर्षीय पुरुष एक जनाको पनि कोरोना संक्रमणकै कारणले मृत्यु भएको छ ।

मोरङमा ४० र ६० वर्षीय पुरुषहरु दुई जना, चितवनमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ५५ वर्षीय पुरुष र नवलपरासीमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

सिराहामा ५० वर्षीया महिला एक जनाको साथमा दाङमा ७१ वर्षीया महिलाको पनि कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाक संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

Categorized in समाज