नेपालगञ्जमा किड्स र मिसेज प्रतियोगीताको तयारी अन्तिम चरणमा
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ भाद्र २२, शुक्रबार

नेपालगञ्जमा भोलि भाद्र २३ गते शनिबार आयोजना हुन गइरहेको किड्स अफ द इयर २०१८ साथै मिसेज डिभा इन्टरनेशनलको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगीहरुलाई तालीमको साथै मञ्च सजावटका सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ ।
नेपालगञ्जमा पहिलो पटक बालबालिकाहरुको प्रतिभा प्रतियोगीता किड्स अफ द इयर आयोजना हुन गइरहेको हो । प्रतियोगीतामा ८ देखि १५ वर्षसम्मका २३ जना बालबालिकाहरुको सहभागीता रहेको छ । बालबालिकालाई आफुभित्र लुकेको प्रतिभासँग साक्षात्कार गराउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
यसै प्रतियोगीताका साथमा विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीता मिसेज डिभा इन्टरनेशनलको पनि आयोजना हुन लागेको छ ।
दुवै प्रतियोगीताका लागी कोरीयोग्राफी भने अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले गरेका छन् ।
प्रतियोगीतामा विजयी हुने बालबालिकाहरुलाई विदेशमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगीतामा समेत सहभागी गराइने कोरीयोग्राफर फैजुले जानकारी दिनुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने भएकोले नै आफुले सहभागीहरुलाई कोरीयोग्राफी सोही अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै गर्दै गरेको फैजुले बताउनुभयो ।
यसभन्दा अगाडि राज फैजुकै कोरीयोग्राफीमा सम्पन्न भएको लिटिल प्रिन्स एन्ड प्रिन्सेजका विजयी प्रतियोगीले पनि भारतमा सम्पन्न प्रतियोगीतामा टाइटल नै जितेका थिए ।
कार्यक्रम भोलि भाद्र २३ गते शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा हुन लागेको हो ।
कार्यक्रम राजश्री कलेक्सनको प्रस्तुतिमा पाण्डव मिडियाले आयोजना गर्न लागेको हो भने व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको रहेको छ ।
Categorized in पेजथ्री