arin enterprises

महाष्टमीको दिन आज नेवार समुदाय कूछिभ्वय् खाँदै

SamacharDesk – बिकाश | २०७७ कार्तिक ८, शनिबार

नेवार समुदायको मोहनि मनाउने क्रममा आज कूछि भ्वय् मनाइरहेका छन् ।

कूछि भ्वय् अन्तर्गत आज परिवारका सबै सदस्य एकै ठाउँमा बसेर भोज खाने गर्दछन् भने आज महाअष्टमीको दिनमा नेवार समुदायमा मोहनिको लागि मासु भित्र्याउने परम्परा छ । 

यो दिन बिहानै नुहाइधुवाई गरी अजिमा वा देवीलाई पूजा गरी सम्हय् चढाउनुका साथै प्रसादको रुपमा सोही सम्हय् खाने गरिन्छ ।

बेलुका भने सबै परिवारजन भेला भई कूछि भ्वय् खाने गरिन्छ । 

यो भोज केराको पातमा खाने मान्यता अनुसार थालमै वा अन्य पातमा भोज खाएपनि केराको पात एक टुक्रा भएपनि राख्ने गरिन्छ । 

स्थानीय नेपालभाषामा कूछि भन्नाले दुई माना भन्ने अर्थ लाग्छ । त्यहि हुनाले आज दुई माना चिउरा राखेर भोज खाने चलन छ ।

पुरै दुई माना चिउरा खान गार्हो हुने र खाना खेर जानसक्ने भएकोले मानामा कागज वा कपडा हालेर दुई माना नापी चिउरा राख्ने पनि गरिन्छ ।

तर कतिपय विज्ञहरु यो मत मान्न तयार छैन । परिवारका सबै सदस्य चुल्है बसेर खाने भोज भएकोले यसलाई कूछि भ्वय् भनिएको धेरैको मत रहेको छ ।

नेवार भाषामा भ्वछि भन्नाले चुल्है भन्न अर्थ लाग्छ । कुलको भ्वछि बसेर खाने भोज भएको कुलछि भ्वय् भन्दै कूछि भ्वय् हुन गएको मान्यता पनि समाजमा रहेको छ ।

आजै अष्टमी र नवमी बीचको आधा रातमा कालरात्री मनाइन्छ । कालरात्री अन्तर्गत उपत्यकाका तलेजु मन्दिरहरुमा बलिसहित विशेष पूजा हुने गर्दछ ।

Categorized in संस्कृति