रियल म्याड्रिडसँग बार्सिलोना स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ कार्तिक ९, आइतबार

स्पेनिस लालिगा अन्तरगत शनिबारको खेलमा रियल म्याड्रिडसँग बार्सिलोनाले हार व्यहोरेको छ ।
बार्सिलोनाले आफ्नै घरेलु मैदान क्याप नोउमा रियल म्याड्रिडसँग ३–१ को गोल अन्तरले हार व्यहोरेको हो ।
खेलमा म्याड्रिडले ५औं मिनेटमै अग्रता लिएको थियो । म्यड्रिडका लागि फेडेरिको भल्भर्डेले पहिलो गोल गरेका थिए ।
लगत्तै खेलको ८ औं मिनेटमा बार्सिलोनाका १७ बर्षिय खेलाडि अम्सु फातिले गोल गर्दै नतिजा बराबरीमा ल्याए ।
खेलको ६२ औ मिनेटमा म्याड्रिडले पाएको पेनाल्टिको सदुपयोग गर्दै कप्तान सर्जियो रामोसले गोल गर्दै म्याड्रिडलाई फेरी २–१को अग्रतामा ल्याए ।
त्यस्तै ९० औं मिनेटमा म्याड्रिडका लुका मोड्रिचले अर्को गोल थपे पछि खेल ३–१ को नतिजासहित म्याड्रिडको पोल्टामा पर्यो ।
योसँगै रियल म्याड्रिड ६ खेलबाट १३ अंक बटुली शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा एलेटिको म्याड्रिडको ५ खेलबाट ११ अंक छ ।
बार्सिलोनाले भने ५ खेलबाट ७ अंक रहेको छ ।
Categorized in स्पाेर्ट्स