सरिता बनिन् नेपालगञ्जको पहिलो मिसेज डिभा
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ भाद्र २५, सोमबार

नेपालगञ्जमा मिसेज डिभा इन्टरनेशनल र किड्स अफ द इयर २०१८ भव्यताका साथ सम्पन्न भएको छ । नेपालगञ्जमा पहिलोपटक आयोजना भएको विवाहित महिलाहरुको प्रतिभा प्रतियोगीता मिसेज डिभा इन्टरनेशनल र बालबालिकाहरुको प्रतियोगीता किड्स अफ द इयर २०१८ गत शनिबार भव्य रुपमा सम्पन्न भएको हो ।
नेपालगञ्जको पहिलो मिसेज डिभा इन्टरनेशनलसरिता शर्मा बनेकि छिन् । सरिताले टाइटलको साथमा भ्यूअर्ज च्वाइस अवार्ड र बेस्ट ड्रेसको पुरस्कार पनि हात पारिन् ।
दोश्रो स्थानमा पर्न सफल पूजा गुप्ताले बेस्ट वाल्कको पुरस्कार पनि जितिन् । संगीता आर.सि. तेश्रो स्थानमा परिन भने उनी प्रतियोगीतामा बेस्ट ट्यालेन्ट हुन पनि सफल भइन् ।
उपाधी विजेताहरुलाई आयोजकले ताज पहिर्याइ दिए । उपाधी विजेता सरितालाई आयोजकको तर्फबाट राज फैजु, श्रीषा वैदार फैजु र हेमराज सन्तोष खनालले ताज पहिर्याइ दिए ।
दोश्रो भएकि पूजालाई गीता शाह र अनुप डंगोलले र तेश्रो भएकि संगीतालाई पिंकि शाह र दिपेन्द्र केसीले ताज पहिर्याइ दिएका थिए ।
मिसेज डिभा इन्टरनेशनलको फाइनल अडिसनमा पाँच जना प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । अडिसनबाट छानिएका पाँच जना विवाहित महिलाहरुले फाइनल अडिसनमा प्रतिस्पर्धा गरेका थिए ।
विवाहित महिलाहरुको घरभित्रै लुकिरहेको प्रतिभा उजागर गर्ने उद्देश्यले मिसेज डिभाको आयोजना गरिएको आयोजकले जनाएको छ ।
आफुले प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै क्याटवाकदेखि लिएर आवश्यक अन्य तालीमहरु पनि दिएको र प्रतियोगीतहरुमा विकास भएको प्रतिभा र आत्मविश्वासलाई हेर्दा अन्तर्राष्ट्रिय प्रतियोगीतामा पनि प्रतियोगीहरुले नेपालको नाम चम्काउनेमा आफु निकै आशावादी रहेको कोरीयोग्राफर फैजुको भनाइ थियो ।
रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर साथै ईन्टरनेशनल कोरीयोग्राफर राज फैजुले कोरीयोग्राफी गरेका थिए । ड्रेस डिजाइन भने नेपालगञ्जकै इम्प्रेसन बुटिकले गरेको थियो ।
पाण्डव मिडियाको प्रस्तुति रहेको कार्यक्रमको परिकल्पना र व्यवस्थापन रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को थियो भने संयोजन राजश्री कलेक्सनले गरेको थियो ।
प्रतियोगीतामा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वले निर्णायकको भूमिका सम्पन्न गरेका थिए । प्रतियोगीतामा निर्णायकमा चलचित्र कलाकार सुभेच्छा थापा, रश्मी भट्ट, मोडल कलाकार खगेन्द्र नेपाल, चर्म रोग विशेषज्ञ डा. विनोद कर्ण, होटल व्यवसायी दिनेश भण्डारी सम्मिलित थिए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धलवशमसेर राणाको पनि उपस्थिती थियो ।
किड्स अफ द इयर २०१८ को समाचार पढ्न यहाँ क्लिक गर्नुहोला
