फ्रान्समा भएको चक्कु आक्रमणमा तीन जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

फ्रान्सको नीस शहरमा एक संदिग्ध व्यक्तिले कैयन मानिसहरुलाई चक्कुले आक्रमण गरेको छ ।
घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको फ्रान्सेली प्रहरीले बताएको छ । मारिनेमध्ये एक महिलाको टाउको काटिएको बताइको छ ।
फ्रान्सको नाट्रे डम चर्चको नजिकै भएको यो हमलमा केही मानिसहरु घाइते पनि भएका छन् ।
आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
नीसका मेयर क्रिश्चियन एस्ट्रोसीले आक्रमणकारीले बारम्बार ‘अल्लाहू अकबर’ भनी चिच्याइरहेको बताए ।
घटनालाई हेर्दा यसमा ‘आतंकी आक्रमण’ को संकेत देखिएको मेयर एस्ट्रोसीले बताए ।
फ्रान्सको राष्ट्रीय आतंकविरोधी टीमले घटनाको अनुसन्धान शुरू गरीसकेको छ ।
आक्रमणपछि फ्रान्सको संसदमा मृतकप्रति श्रद्धान्जली दिँदै एक मिनट मौन धारण गरिएको थियो ।
केहि दिन अघि मात्रै फ्रान्सको राजधानी पेरिसमा एक आक्रमणकारीले एकजना शिक्षकको टाउको काटेर हत्या गरेको थियो । त्यसको भोलिपल्ट बिहान चर्चमा सामूहिक प्रार्थनाको क्रममा एक जना पादरीको गला काटिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय