चार नेपाली फुटबलरमा कोरोना संक्रमण देखियो
SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

अहिले नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएसँगै मन्त्री, राजनीतिक दलका शिर्षस्थ नेतादेखि लिएर कलाकार, गायक लगायतका सेलिब्रिटीहरु पनि कोभिड १९ बाट संक्रमण हुन थालेका छन् ।
यसैक्रममा पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ३४ खेलाडीलाई बिहीबारबाट प्रशिक्षणमा बोलाएको थियो भने तीमध्ये चार जना खेलाडीमा चार जनामा कोभिड १९ संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि भएका चारै जना खेलाडी हाल सेल्फ आइसोलेसनमा बसेका छन् ।
नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण सुरू गरेको हो ।
नेपालले बङ्गलादेशसित पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने भएको छ ।
नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको हो ।
नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिन हाल स्विडेनमा छन् । मुख्य प्रशिक्षकको अनुपस्थितीमा महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिइएको हो ।
फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
Categorized in स्पाेर्ट्स