arin enterprises

तीन हजार ५१७ संक्रमित थप, सक्रिय संक्रमित संख्या घट्दै

SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा तीन हजार पाँच सय १७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार तीन सय ६१ जना महिला छन् भने दुई हजार एक सय ५६ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ६८ हजार दुई सय ३५ पुगेको छ ।

पछिल्लो पटक चार हजार ९६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १४ लाख ३४ हजार ५३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार नौ सय ८९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या दुई हजार ६ सय ६६ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३८ हजार तीन सय ५७ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार ९ सय ७० जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३१ हजार तीन सय ८७ रहेका छन् ।

देशभरमा तीन सय जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७१ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३४, प्रदेश २ मा १३, वागमती प्रदेशमा एक सय ९१, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा तीन जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ८ जना, प्रदेश दुईमा दुई, वागमती प्रदेशमा ५५, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा तीन÷तीन जना गरी ७१ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र मुस्ताङ रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । आज थप १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय