उपत्यकामा एक हजार ८८८ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५३ दशमलव ६८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार आठ सय ८८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार पाँच सय आठ जना छन् भने ललितपुरमा दुई सय ४९ र भक्तपुरबाट एक सय ३१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १९ हजार सात सय ५२ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ५ हजार ३ सय ६७ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार ३ सय ८५ रहेको छ ।
हालसम्म काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७४ हजार ९ सय ९१ जना रहेको छ । काठमाडौंमा ६० हजार ७ सय ४२ जना संक्रमित भइसके भने ललितपुरमा ८ हजार पाँच सय ९९ र भक्तपुरमा ५ हजार ६ सय ५० जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ५४ हजार नौ सय ६ जनाले कोरोनालाई जितिसके भने मृत्यु तीन सय ३३ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लाबाट कति थपिए
पछिल्लो २४ घन्टाको परिक्षणमा मोरङबाट २ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीमा एक सय ३७, झापामा एक सय ३४, चितवनमा एक सय २३, रुपन्देहीमा एक सय २०, कास्कीमा एक सय १२ जना नयाँ संक्रमित थप भएका छन् ।
त्यस्तै मकवानपुरमा ८०, काभ्रेपलान्चोकमा ७३, दाङमा ५१, बाँकेमा ४१, नुवाकोटमा ३३, नवलपरासी (पूर्व) मा २९, कैलालीमा २८, दोलखामा २७, तनहुँमा २५, सिराहामा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
धादिङ र बर्दियामा १९, पर्सामा १७, सप्तरीमा १६, धनुषा र रौतहटमा १५/१५, कन्चनपुरमा १४, उदयपुर, गोरखा, स्याङ्जा र दैलेखमा १३/१३, सिन्धुपाल्चोक र पर्वतमा १२/१२ र बारामा १० जना कोरोना पोजेटिभ पाइएका छन् ।
लमजुङमा ९, गुल्मी र नवलपरासी (पश्चिम) मा आठ/आठ, महोत्तरी, बागलुङ, पाल्पा र सुर्खेतमा सात/सात, रामेछाप, कपिलवस्तु र जुम्लामा ६/६, धनकुटा, सर्लाही, सिन्धुली र डडेलधुरामा पाँच/पाँच, ईलाम, खोटाङ, भोजपुर र म्याग्दीमा चार/चार जनामा संक्रमण देखिएको छ ।
ओखलढुङ्गा, तेहथुम, संखुवासभा, अर्घाखाँची र जाजरकोटमा तीन/तीन, सोलुखुम्बु, कालिकोट र डोटीमा दुई/दुई र पाँचथर, रुकुमपूर्व, रोल्पा, डोल्पा, सल्यान, हुम्ला, दार्चुला र बझाङमा एक/एक जनामा संक्रमण पाइएको छ ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा दुई हजार दुई सय ६६ र सबैभन्दा कम कर्णाली प्रदेशमा ३४ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा पाँच सय ६८, लुम्बिनी प्रदेशमा दुई सय ६५, गण्डकी प्रदेशमा दुई सय २४, प्रदेश दुईमा एक सय ९ र सुदुरपश्चिम प्रदेशमा ५१ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय