आइपिएलमा पञ्जाव राजस्थानसँग पराजित
SamacharDesk – बिकाश | २०७७ कार्तिक १५, शनिबार

इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेट अन्तर्गत हिजो राती सम्पन्न खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पञ्जावलाई ७ विकेटले हराएको छ ।
युएईमा जारी आइपीएल क्रिकेटमा आबुधाबीमा सम्पन्न गए रातिको खेलमा पञ्जावले दिएको एक सय ८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।
राजस्थानलाई जित दिलाउन बेन स्टोक्सले महत्वपूर्ण ५० रनको योगदान दिए । त्यस्तै सन्जु सामसनले ४८ रन बनाए ।
यस अघि टस हारेर व्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेटको क्षतिमा एक सय ८५ रन जोडेको थियो ।
पञ्जावको लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिलमाई जित दिलाउन सकेनन् । ९९ रन बनाउने क्रममा गेलले ६३ बलमा ८ छक्का र ६ चौका हानेका थिए ।
योसँगै गेल टी–ट्वेन्टी क्रिकेटमा हजार छक्का हान्ने पहिलो क्रिकेटरको रेकर्ड बनाएका छन् ।
पञ्जावलाई हराएसँगै राजस्थान आइपिएल तालिकाको ५औं स्थानमा उक्लिएको छ ।
१३ खेलबाट १२ अंक मात्र जोडेको राजस्थानसँगै पञ्जावको पनि प्ले अफमा पुग्ने सम्भावना जिवीतै छ ।
१३औं संस्करणको आइपिएल क्रिकेट अन्तर्गत आज दुई खेल हुनेछन् । दुवइमा दिल्ली क्यापिटल्स र मुम्बई ईन्डियनबीच खेल हुँदा सारजहाँमा रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद आमने सामने हुनेछन् ।
Categorized in स्पाेर्ट्स