arin enterprises

कोरोनाका कारण आदिनाथ मेला स्थगित

SamacharDesk – बिकाश | २०७७ कार्तिक १५, शनिबार

आज आश्विन शुक्ल पूर्णिमा । आजबाट यस वर्षको बडादशैं विधिवत रुपमा सम्पन्न हुँदैछ भने आजैबाट काठमाडौंको चोभारमा आदिनाथ मेला पनि शुरु हुँदैछ ।

हरेक वर्ष चोभारमा आदिनाथको लोकेश्वरको साथमा जलविनायकको मेला आश्विन पूर्णिमाबाट शुरु भएर कार्तिक पूर्णिमासम्म चल्ने गर्दछ ।

मेलामा उपत्यकाको साथै देशका विभिन्न स्थानमा हजारौंको संख्यामा दर्शनार्थीहरु मेला भर्न आउने गर्दछन् । तर यस वर्ष भने चोभार सुनसान हुने भएको छ ।

यो पटक आदिनाथ मेला भनेर प्रशिद्ध यो मेला पनि कोरोना महामारीबाट प्रभावित बनेको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष न्हुछेँबहादुर महर्जनले सूचना जारी गर्दै यस वर्षको आदिनाथ मेला र जलविनायक मेला स्थगित भएको जनाउनुभएको छ ।

सूचनामा काठमाडौं उपत्यकामा कोरोना भाईरस संक्रमितहरु दिनानुदिन बढिरहेको अवस्थामा संक्रमण नियन्त्रणका लागि बढि भीडभाड गर्नु उचित नभएकोले मेला स्थगित गरिएको जनाइएको छ ।

‘मेलामा निकै भीडभाड देखिने र भीडभाडले गर्दा कोरोना संक्रमण बढ्ने जोखिमका कारण यस विषम परिस्थितीमा मन्दिरमा नित्य पूजा बाहेक हुने सम्पूर्ण मेला रोकिने जानकारी यसै सूचनाद्वारा गरिन्छ’ सूचनामा भनिएको छ ।

Categorized in संस्कृति