arin enterprises

९ हजार २७९ परिक्षणमा २ हजार ५०८ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ कार्तिक १५, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार पाँच सय ८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये नौ सय ७६ जना महिला छन् भने एक हजार पाँच सय ३२ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ ।

पछिल्लो पटक दुई हजार दुई सय ६४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ३१ हजार दुई सय २२ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १४ लाख ४३ हजार तीन सय ४३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा नौ हजार दुई सय ७९ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या दुई हजार चार सय १० रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३८ हजार तीन सय ५७ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा सात हजार तीन सय ४९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३१ हजार ८ रहेका छन् ।

देशभरमा दुई सय ९६ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६९ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३१, प्रदेश २ मा १२, वागमती प्रदेशमा एक सय ८४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ४५, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा पाँच जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ९ जना, वागमती प्रदेशमा ५२, गण्डकी प्रदेश तीन, लुम्बिनी प्रदेशमा चार जना र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ६९ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ, मुस्ताङ र बाजुरा रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । आज थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय