उपत्यकाका एक हजार ३५७ नयाँ संक्रमितमध्ये काठमाडौंमा एक हजार ११३
SamacharDesk – बिकाश | २०७७ कार्तिक १५, शनिबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५४ दशमलव १० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार तीन सय ५७ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार एक सय १३ जना छन् भने ललितपुरमा एक सय ९५ र भक्तपुरबाट ४९ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा २० हजार तीन सय ४४ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ५ हजार ८ सय ६७ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार चार सय ७७ रहेको छ ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७६ हजार तीन सय ४८ जना रहेको छ । हालसम्म काठमाडौंमा ६१ हजार आठ सय ५५ जना संक्रमित भइसके भने ललितपुरमा ८ हजार सात सय ९४ र भक्तपुरमा ५ हजार ६ सय ९९ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ५५ हजार ६ सय ५९ जनाले कोरोनालाई जितिसके भने तीन सय ४५ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लाबाट कति थपिए
पछिल्लो २४ घन्टाको परिक्षणमा मोरङबाट एक सय ३८ जनामा संक्रमण पुष्टि भएको छ भने चितवन र कास्कीमा एक सय नौ/एक सय नौ, झापा र सुनसरीमा ७६/७६, रुपन्देहीमा ७५ र काभ्रेपलान्चोकमा ७४ जना नयाँ संक्रमित थप भएका छन् ।
दाङमा ४६, नुवाकोटमा ३९, बाँकेमा ३५, रौतहट र तनहुँमा २७/२७, दोलखामा २२, बारामा २१, सप्तरीमा २०, धनुषामा १८, बर्दियामा १७, बागलुङ र नवलपरासी (पश्चिम) मा १६/१६, बझाङमा १४, खोटाङमा १३, रसुवा र कपिलवस्तुमा ११/११ र नवलपरासी (पूर्व) मा १० जनामा संक्रमण देखिएको छ ।
सिराहा, सिन्धुपाल्चोक र दैलेखमा ९/९, धादिङमा ८, सर्लाही, गोरखा र स्याङ्जामा ७/७, अछाममा ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलामा ५/५, इलाममा ४, संखुवासभा, रामेछाप, लमजुङ, गुल्मी, प्यूठान, सुर्खेत, डडेलधुरा र डोटीमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी उदयपुर, सिन्धुली, पर्वत, कन्चनपुर र कैलालीमा दुई/दुई जना र ओखलढुङ्गा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानमा एक/एक जना कोरोना संक्रमित पाइएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ६ सय ३९ र सबैभन्दा कम कर्णाली प्रदेशमा १५ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा तीन सय १९, लुम्बिनी प्रदेशमा दुई सय सात, गण्डकी प्रदेशमा एक सय ८१, प्रदेश दुईमा एक सय १२ र सुदुरपश्चिम प्रदेशमा ३५ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय