हैदराबाद बैंगलोरसँग ५ विकेटले विजयी
SamacharDesk – बिकाश | २०७७ कार्तिक १६, आइतबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए रातिको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ ।
शारहजहाँ क्रिकेट स्टेडियममा भएको खेलमा बैंग्लोरले दिएको एक २१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमै पाँच विकेटको क्षतिमा पुरा गर्यो ।
हैदरावादलाई जित दिलाउन ऋद्धिमान साहको ३९ रन महत्वपूर्ण रह्यो । मनिष पाण्डेले २६ रन बनाए । जेसन होल्डर २६ रनमा अविजित रहे ।
बलिङतर्फ युजवेन्द्र चहलले १९ रन दिएर २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २० रन बनाएको थियो ।
टिमका लागि ओपनर जोश फिलिपले सर्वाधिक ३२ रन बनाएका थिए । त्यस्तै एबी डिभिलियर्सले २४ र वाशिङ्टन सुन्दरले २१ रन बनाए ।
बैंगलोरलाई सस्तो रनमै समेट्न हैदरावादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए ।
छैठौं जित हात पार्दै हैदरावादले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ । दोश्रो स्थानमा रहेको बैंगलोरले यो खेल गुमाएसँगै प्लेअफ पुग्ने मौका गुमाएको छ ।
दिल्ली क्यापिटल्स १४ अंकसहित तेस्रो स्थानमा छ । पाँचौ स्थानको पञ्जाव छ भने छैटौंमा राजस्थान र सातौं स्थानमा कोलकाता रहेको छ ।
आइपिएल अन्तर्गत आज चेन्नई र पञ्जावबीच प्रतिस्पर्धा हुँदैछ भने अर्को खेलमा कोलकाता र राजस्थान आमने सामने हुँदैछन् ।
Categorized in स्पाेर्ट्स