arin enterprises

दिल्लीलाई हराउँदै मुम्बइ क्वालिफायरमा

SamacharDesk – बिकाश | २०७७ कार्तिक १६, आइतबार

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए रातिको अर्को खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि शानदार जित हात पार्दै क्वालिफायरमा पुगेको छ ।

हिजो रातिको खेलमा दिल्ली क्यापिटललाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा स्थान पक्का गरेको हो ।

दिल्लीले दिएको एक सय ११ रनको झिनो लक्ष्य मुम्बईले १४.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पुरा ग¥यो ।

मुम्बईलाई जिताउन इशान किशनले अविजित रहँदै ७२ रनको योगदान दिए ।

यो खेलमा जितेसँगै मुम्बईले १३ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानको पकड बलियो बनाएको छ । अब मुम्बइले अन्तिम खेल गुमाए पनि शीर्ष दुईमै रहने निश्चित भइसकेको छ ।

आईपिएल क्रिकेटको लिग चरणमा शीर्ष दुईमा रहने टिमले क्वालिफायर खेल्नेछन् ।

क्वालिफायरको विजेता फाइनल पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न अवसर पाउनेछ ।

Categorized in स्पाेर्ट्स