arin enterprises

दुई हजार ८२४ नयाँ संक्रमित थप, तीन हजार ६२० निको

SamacharDesk – बिकाश | २०७७ कार्तिक १६, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार आठ सय २४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार ४६ जना महिला छन् भने एक हजार सात सय ७८ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ ।

पछिल्लो पटक तीन हजार ६ सय २० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १४ लाख ५६ हजार तीन सय ६६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार २३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या दुई हजार तीन सय ८६ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३७ हजार सात सय ६५ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार तीन सय ७१ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३१ हजार ३ रहेका छन् ९४ रहेको छ ।

देशभरमा दुई सय ८३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७८ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा २९, प्रदेश २ मा ११, वागमती प्रदेशमा एक सय ८०, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ३९, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा पाँच जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १२ जना, वागमती प्रदेशमा ५८, गण्डकी प्रदेश दुई, लुम्बिनी प्रदेशमा पाँच जना र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ७८ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ, मुस्ताङ र बाजुरा रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । आज थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय