उपत्यकामा आज एक हजार ६२२ संक्रमित थप, हालसम्म ७७ हजार ९७० जना संक्रमित
SamacharDesk – बिकाश | २०७७ कार्तिक १६, आइतबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५७ दशमलव ४३ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ६ सय २२ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार तीन सय ६२ जना छन् भने ललितपुरमा एक सय ६४ र भक्तपुरबाट ९६ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १९ हजार पाँच सय ७१ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा चार हजार सात सय ९८ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार सात सय ७३ रहेको छ ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७७ हजार नौ सय ७० जना रहेको छ । हालसम्म काठमाडौंमा ६३ हजार दुई सय १७ जना संक्रमित भइसके भने ललितपुरमा आठ हजार नौ सय ५८ र भक्तपुरमा ५ हजार ७ सय ९५ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ५८ हजार ३७ जनाले कोरोनालाई जितिसके भने तीन सय ६२ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लाबाट कति थपिए
पछिल्लो परिक्षणमा मोरङमा दुई सय १२, कास्कीमा एक सय ५५, रुपन्देहीमा ९१, सुनसरीमा ८०, झापामा ७५, कैलालीमा ४७, डोटीमा ३६, चितवनमा ३५, सोलुखुम्बुमा ३३, बाँकेमा ३२ र नवलपरासी (पूर्व) मा ३० जनामा संक्रमण पुष्टि भएको छ ।
मकवानपुरमा २६, धनुषा र तनहुँमा २५/२५, सुर्खेतमा २४, बर्दियामा २२, कपिलवस्तुमा १८, उदयपुर र सप्तरीमा १६/१६, धादिङमा १५, सिराहा र लमजुङमा १३/१३, रौतहटमा १२, गुल्मीमा ११ र महोत्तरी नवलपरासी (पश्चिम) मा १०/१० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै इलाम र बागलुङमा आठ/आठ, धनकुटा, काभ्रेपलान्चोक, म्याग्दी, स्याङ्जा र कन्चनपुरमा सात/सात, सर्लाही र दैलेखमा ६/६, खोटाङ, सिन्धुपाल्चोक र पर्वतमा पाँच/पाँच, नुवाकोटा र गोरखामा चार/चार जना कोरोना पोजेटिभ पाइएका छन् ।
पर्सा, दोलखा, दाङ र रुकुमपश्चिममा तीन/तीन, भोजपुर, रामेछाप, सिन्धुली, जाजरकोट र डडेलधुरामा दुई/दुई, ओखलढुङ्गा, तेहथुम, संखुवासभा, बारा, रसुवा, प्यूठान, कालिकोट, जुम्ला, डोल्पा, दार्चुला, बझाङ र वैतडीमा एक/एक जनामा कोभिड संक्रमण देखिएको छ ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ७ सय २२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा चार सय ४१, गण्डकी प्रदेशमा दुई सय ५४, लुम्बिनी प्रदेशमा एक सय ८८, सुदुरपश्चिम प्रदेशमा एक सय ९५ र प्रदेश दुईमा ८६ जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय