कोलकाताले राजस्थानलाई ६० रनले हरायो, राजस्थान प्लेअफबाट बाहिरियो
SamacharDesk – बिकाश | २०७७ कार्तिक १७, सोमबार

इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० अन्तर्गत हिजो राति सम्पन्न अर्को खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।
खेलमा टर हारेर पहिले व्याटिङका लागि मैदानमा उत्रिएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।
टिमका लागि इओन मोर्गानले अविजित ६८ रनको महत्वपूर्ण योगदान दिए । म्यान दि अफ म्याच बनेका उनले ३५ बलमा ६ छक्का र ५ चौका समेत हानेका थिए ।
त्यस्ते शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र पेट कमिन्सले १५ रन बनाएका थिए ।
बलिङतर्फ राजस्थानका राहुल तेवटियाले ३ र कार्तिक योगीले २ विकेट लिए ।
१ सय ९२ रनको लक्ष्यसहित मैदानमा उत्रेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्रै जोड्न सक्यो ।
राजस्थानका लागि जोस बटलर २२ बल खेल्दै ३५ रन बनाए भने राहुल तिवटियाले २७ बलमा ३१ रनको योगदान दिए । त्यसैगरी बेन स्टोक्सले १८ रन जोड्दा श्रेयस गोपाल २३ रनमा नटआउट रहे ।
अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । ओपनर रोबिन उथप्पा ६ रन, स्टिभ स्मिथले ४, सन्जु सामसनले मात्र १ रन बनाए भने जोफ्रा आर्चरले ६ र कार्तिक त्यागीले २ रन बनाए ।
रियान पराग त खाता नै नखोली पेभिलियन फर्कन बाध्य भए ।
राजस्थानलाई सस्तैमा समेट्न कोलकाताका प्याट कुमिन्सले ४ विकेट लिए । शिवम माझी र वरुण चक्रवर्तीले समान दुई–दुई विकेट लिए ।
यो खेल जित्दै कोलकाताले प्ले अफ्मा पुग्ने सम्भावना जिवितै राखेको छ । कोलकाता आइपिएलको तालिकामा १४ चौथो स्थानमा उक्लिएको छ ।
राजस्थान भने १२ अंकसहित पुछारमा पुगेको छ । मुम्बई १८ अंक जोड्दै शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स