१३ हजार ४४६ परिक्षणमा दुई हजार ९३३ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ कार्तिक १७, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार नौ सय ३३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार एक सय ७६ जना महिला छन् भने एक हजार सात सय ५७ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७६ हजार पाँच सय पुगेको छ ।
पछिल्लो पटक तीन हजार एक सय ५० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ३७ हजार नौ सय ९२ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १४ लाख ६९ हजार आठ सय १२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार चार सय ४६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या दुई हजार एक सय १९ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ३७ हजार पाँच सय २४ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार ६ सय जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३० हजार ९ सय २४ रहेका छन् ।
देशभरमा तीन सय ४७ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७४ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३८, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय ८०, गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा ४५, कर्णाली प्रदेशमा र सुदुरपश्चिम प्रदेशमा पाँच/पाँच जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १२ जना, वागमती प्रदेशमा ४७, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ७४ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ, मुस्ताङ र बाजुरा रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ । आज थप २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय