arin enterprises

उपत्यकामा एक हजार ६३० नयाँ संक्रमितमध्ये काठमाडौं एक हजार ३२९

SamacharDesk – बिकाश | २०७७ कार्तिक १७, सोमबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५५ दशमलव ५७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ६ सय ३० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार तीन सय २९ जना छन् भने ललितपुरमा एक सय ९३ र भक्तपुरबाट एक सय ८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १९ हजार चार सय ३९ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा चार हजार ६ सय ६६ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार सात सय ७३ रहेको छ ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ७९ हजार ६ सय जना रहेको छ । हालसम्म काठमाडौंमा ६४ हजार पाँच सय ४६ जना संक्रमित भइसके भने ललितपुरमा नौ हजार एक सय ५१ र भक्तपुरमा पाँच हजार नौ सय तीन जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ५९ हजार ७ सय ८८ जनाले कोरोनालाई जितिसके भने तीन सय ७३ जनाले ज्यान गुमाइसके ।

कुन जिल्लामा कति थपिए

पछिल्लो परिक्षणमा चितवना एक सय ६८, रुपन्देहीमा एक सय ४६, कास्कीमा एक सय २७, सुनसरी र काभ्रेपलान्चोकमा ८५/८५, दाङमा ६४, झापामा ६०, गोरखामा ४६, नवलपरासी (पुर्व) मा ४०, मोरङमा ३९, मकवानपुरमा ३३ र रौतहटमा ३२ जनामा संक्रमण देखिएको छ ।

सोलुखुम्बुमा २९, सिन्धुपाल्चोकमा २७, कैलालीमा २६, धनुषामा २३, नवलपरासी (पश्चिम) मा २१, बाँकेमा २०, नुवाकोटमा १९, पर्सामा १५, धादिङमा १४, तनहुँमा १३, कन्चनपुरमा १२ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बारा, सिराहा, पर्वत र स्याङ्जामा ९/९, दोलखा, रसुवा, सिन्धुली र बर्दियामा ८/८, सर्लाही, दैलेख र डडेलधुरामा ७/७, महोत्तरी र बागलुङमा ६/६, उदयपुर, कपिलवस्तु, लमजुङ र गुल्मीमा ५/५, अर्घाखाँची र सुर्खेतमा ४/४ जनामा संक्रमण देखिएको छ ।

सप्तरी, रामेछाप, पाल्पा र वैतडीमा ३/३, इलाम, ताप्लेजुङ, तेहथुम, धनकुटा, संखुवासभा, रोल्पा र अछाममा २/२, ओखलढुङ्गा, प्यूठान, डोल्पा र सल्यानमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा दुई हजार तीन जना र सबैभन्दा कम कर्णाली प्रदेशमा १३ जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ५५, प्रदेश एकमा दुई सय २९, प्रदेश दुईमा एक सय चार र सुदुरपश्चिम प्रदेशमा ५० जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय