arin enterprises

चौथो कंकेश्वरी अन्तर विद्यालय कराते प्रतियोगिता हुने

SamacharDesk – स्पोर्ट्स ब्युरो | २०७५ भाद्र ३१, आइतबार

नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाको आयोजनामा चौथो कंकेश्वरी अन्तर विद्यालय एकायन कराते प्रतियोगिता हुने भएको छ । आश्विन ६ गते शनिबारबाट काष्ठमण्डप मरुहितिस्थित शान्ति  निकुञ्ज माध्यमिक बिद्यालय परिसरमा प्रतियोगीतामा शुरु लागेको हो ।

प्रतियोगितालाई व्यवस्थित रुपमा सफल पार्न नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाले प्रतीक खडगीको संयोजकत्वमा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । जसमा किशोर तामाङलाई खेलाडी, सृजन अधिकारीलाई निर्णायक, विवेक थापा मगर र भरत धौलाकोटीलाई मञ्चको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अजय नेपाली र शंकर धौलाकोटी – स्वयम् सेवक, निकिल बोगटी – अतिथि, अन्सुमन चौधरी – प्रचार प्रसार र विष्णुमान शाक्य – उदघाटन र समापनको जिम्मेवारीमा रहेका छन्।

Categorized in स्पाेर्ट्स