३ हजार ११४ नयाँ संक्रमित थप, मृतक संख्या हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ कार्तिक १८, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार एक सय १४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार दुई सय ४७ जना महिला छन् भने एक हजार आठ सय ६७ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ ।
पछिल्लो पटक तीन हजार एक सय ४२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ४१ हजार एक सय ३४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १४ लाख ८० हजार नौ सय ७८ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार एक सय ६६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार दुई सय ७७ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ३७ हजार चार सय ७६ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार सात सय ८२ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३० हजार ६ सय ९४ रहेका छन् ।
देशभरमा तीन सय ७२ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६८ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३६, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय ८२, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ४७, कर्णाली प्रदेशमा पाँच र सुदुरपश्चिम प्रदेशमा ६ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १५ जना, वागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा दुई जना गरी ६८ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ र बाजुरा रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको छ । आज थप २० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय