arin enterprises

उपत्यकामा एक हजार ४६८ नयाँ संक्रमित भेटिए, काठमाडौंमा एक हजार २४२

SamacharDesk – बिकाश | २०७७ कार्तिक १८, मंगलबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ४७ दशमलव १४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ४ सय ६८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार दुई सय ४२ जना छन् भने ललितपुरमा एक सय ६३ र भक्तपुरबाट ६३  जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १९ हजार एक सय ६४ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा चार हजार ४ सय ८ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार सात सय ५६ रहेको छ ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८१ हजार ६८ जना रहेको छ । हालसम्म काठमाडौंमा ६५ हजार सात सय ८८ जना संक्रमित भइसके भने ललितपुरमा नौ हजार ३ सय १४ र भक्तपुरमा पाँच हजार नौ सय ६६ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ६१ हजार ५ सय ४२ जनाले कोरोनालाई जितिसके भने तीन सय ८० जनाले ज्यान गुमाइसके ।

कुन जिल्लामा कति थपिए

पछिल्लो परिक्षणमा चितवनमा एक सय ९५, मोरङ र काभ्रेपलान्चोकमा एक सय ४९/एक सय ४९, सुनसरीमा एक सय ७, रुपन्देहीमा एक सय एक, दाङमा ९७, मकवानपुरमा ७९, कैलालीमा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

नुवाकोटमा ६९, कास्कीमा ६३, बाँकेमा ५३, तनहुँमा ३६, नवलपरासी (पुर्व) मा ३३, धनुषा र बर्दियामा २७/२७, धादिङमा २६, झापामा २२, सिराहामा १९ जनामा संक्रमण भेटिएको छ ।

त्यस्तै नवलपरासी (पश्चिम) मा १८, गोरखामा १६, बागलुङमा १५, कपिलवस्तुमा १४, पर्सा, रामेछाप, सिन्धुपाल्चोकमा १३/१३, रौतहटमा १२, दोलखा र गुल्मीमा ११/११, बारा, महोत्तरी, जुम्ला र डोटीमा १०/१० जना संक्रमित देखिएका छन् ।

त्यसैगरी स्याङ्जा र रुकुमपश्चिममा ९/९, ओखलढुङ्गा, सर्लाही, सिन्धुली, कालिकोटमा ८/८, लमजुङ र दैलेखमा ७/७, म्याग्दी, रोल्पा, सुर्खेतमा ६/६, धनकुटा, पाल्पा, कन्चनपुरमा ५/५, अछाम, दार्चुला, वैतडीमा ४/४ जना कोरोना पोजेटिभ पाइएका छन् ।

इलाम, उदयपुर, मुस्ताङ, रुकुमपुर्वमा ३/३, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, सप्तरी, अर्घाखाँची, जाजरकोट, सल्यान, बझाङमा २/२, पाँचथर, रसुवा, पर्वत, डोल्पा, मुगु, डडेलधुरामा एक/एक जना संक्रमित भेटिएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा दुई हजार ३२ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ४६ जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा तीन सय ३७, प्रदेश एकमा तीन सय ६, गण्डकी प्रदेशममा एक सय ८९, सुदुरपश्चिम प्रदेशमा एक सय ३ जना र प्रदेश दुईमा एक सय एक जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय