arin enterprises

३ हजार ३०९ मा संक्रमण पुष्टि, १३ हजार १४४ जनाको परिक्षण

SamacharDesk – बिकाश | २०७७ कार्तिक १९, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार ३ सय ४ जना महिला छन् भने दुई हजार ५ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

पछिल्लो पटक तीन हजार ८ सय ४४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १४ लाख ९४ हजार एक सय २२ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार एक सय ४४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार ३ सय ५ जना छ ।

सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार सात सय ८० जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या ३० हजार एक सय ३१ रहेका छन् ।

देशभरमा तीन सय ७९ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७८ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४८, प्रदेश २ मा ८, वागमती प्रदेशमा एक सय ७९, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ४८, कर्णाली प्रदेशमा चार र सुदुरपश्चिम प्रदेशमा ६ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १३ जना, वागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी ७८ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र बाजुरा रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ र रुपन्देही रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ । आज थप ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय