arin enterprises

उपत्यकाका एक हजार ८७८ संक्रमितमध्ये काठमाडौंमा एक हजार ५७०

SamacharDesk – बिकाश | २०७७ कार्तिक १९, बुधबार

पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५६ दशमलव ७५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ८ सय ७८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार ५ सय ७० जना छन् भने ललितपुरमा एक सय ८९ र भक्तपुरबाट एक सय १९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १९ हजार ८ सय ८ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा चार हजार ९ सय २ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार ९ सय ६ रहेको छ ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८२ हजार ९ सय ४६ जना रहेको छ ।

हालसम्म काठमाडौंमा ६७ हजार ३ सय ५८ जना संक्रमित भइसके भने ललितपुरमा नौ हजार ५ सय ३ र भक्तपुरमा ६ हजार ८५ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ६२ हजार ७ सय २० जनाले कोरोनालाई जितिसके भने तीन सय ८८ जनाले ज्यान गुमाइसके ।

कुन जिल्लामा कति थपिए

पछिल्लो परिक्षणमा कास्कीमा एक सय ९८, मोरङमा एक सय ७२, सुनसरीमा एक सय ३०, रुपन्देहीमा एक सय १०, चितवनमा ८८, झापामा ६८, काभ्रेपलान्चोकमा ६६, नुवाकोटमा ६२, मकवानपुरमा ४९, बाँकेमा ४६ जना संक्रमित भेटिएका छन् ।

अर्घाखाँचीमा २७, तनहुँमा २४, स्याङ्जामा २३, धनुषामा २२, बर्दिया १९, कैलाली र नवलपरासी (पुर्व) मा १८/१८, दोलखामा १६, पाँचथर, धादिङ, म्याग्दी, गोरखामा १५/१५, सिन्धुपाल्चोकमा १४, उदयपुर, बारा, सिन्धुलीमा १२/१२, सप्तरी, नवलपरासी (पश्चिम) मा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

महोत्तरी, रामेछाप, प्यूठानमा ९/९, सिराहा, दाङमा ८/८, लमजुङमा ७, कपिलवस्तु, दैलेख, रुकुमपश्चिम, बझाङमा ६/६, बैतडीमा ५, धनकुटा, सर्लाही, जुम्लामा ४/४, पर्वत र डडेलधुरामा ३/३ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

भोजपुर, पर्सा, बागलुङ, गुल्मी, कालिकोट, सुर्खेत र अछाममा २/२, खोटाङ, ताप्लेजुङ, संखुवासभा, रसुवा, कन्चनपुर, दार्चुला, इलाममा एक/एक जना कोरोना संक्रमित देखिएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा दुई हजार दुई सय ११ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २० जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा ४ सय ८, गण्डकी प्रदेशमा ३ सय ५, लुम्बिनी प्रदेशमा २ सय ४९, प्रदेश दुईमा ८०, सुदुरपश्चिम प्रदेशमा ३६ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय