arin enterprises

१० हजार १५३ परिक्षणमा दुई हजार ९०९ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ कार्तिक २१, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ९ सय ९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार एक सय ३३ जना छन् भने पुरुषको संख्या एक हजार ७ सय ७६ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

पछिल्लो पटक ४ हजार ५ सय जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १५ लाख १७ हजार ३ सय ४३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार एक सय ५३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार २ सय ५४ जना छ ।

सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ५ हजार नौ सय १२ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २८ हजार ९ सय ९३ रहेका छन् ।

देशभरमा तीन सय ८० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ८३ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४३, प्रदेश २ मा ८, वागमती प्रदेशमा एक सय ६९, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ६०, कर्णाली प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा ८ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १२ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ८३ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ र रुपन्देही रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ । आज थप १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय