arin enterprises

२ हजार ७५३ संक्रमित थपिए, २ हजार २०६ निको

SamacharDesk – बिकाश | २०७७ कार्तिक २२, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ७ सय ५३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ७७ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ७६ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

पछिल्लो पटक २ हजार २ सय ६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १५ लाख २७ हजार ७ सय ६६ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ४ सय २३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार एक सय ४४ जना छ ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार ५ सय १५ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २८ हजार ९ सय २० रहेका छन् ।

देशभरमा तीन सय ६५ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७६ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४४, प्रदेश २ मा ८, वागमती प्रदेशमा एक सय ६३, गण्डकी प्रदेशमा ८०, लुम्बिनी प्रदेशमा ५८, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १५ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा ३५, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ७६ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र बाजुरा रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ र रुपन्देही रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ । आज थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय