उपत्यकामा एक हजार ५१२ जना नयाँ संक्रमित थपिए
SamacharDesk – बिकाश | २०७७ कार्तिक २२, शनिबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ५ सय १२ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय २५ जना छन् भने पुरुषको संख्या ८ सय ८७ रहेको छ ।
काठमाडौंमा एक हजार २ सय ९४ जना छन् भने ललितपुरमा एक सय ४१ र भक्तपुरबाट ७७ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १८ हजार ८ सय ६२ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ३ हजार ७ सय ३९ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १५ हजार एक सय २३ रहेको छ ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८७ हजार एक सय ९४ जना रहेको छ । हालसम्म काठमाडौं उपत्यकामा ७० हजार ७ सय ७३ जना संक्रमित भइसके भने ललितपुरमा ९ हजार ९ सय ९१ र भक्तपुरमा ६ हजार ४ सय ३० जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ६७ हजार ९ सय २६ जनाले कोरोनालाई जितिसके भने ४ सय ६ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो परिक्षणमा मोरङमा २ सय ४५, सुनसरीमा एक सय ३३, रुपन्देहीमा ८५, कास्कीमा ८२, कैलालीमा ७७, काभ्रेपलान्चोकमा ७३, झापामा ५८, नुवाकोटमा ३७, मकवानपुरमा ३३, पाल्पामा २४, बाँकेमा २२ र कपिलवस्तुमा २१ जनामा संक्रमण भेटिएको छ ।
उदयपुर, बारा, बर्दिया, कन्चनपुरमा १९/१९, खोटाङमा १८, रोल्पामा १६, गोरखामा १५, सिराहामा १४, सिन्धुपाल्चोक, नवलपरासी (पश्चिम), जुम्लामा १२/१२, बागलुङमा ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङमा १०/१० संक्रमित पाइएका छन् ।
त्यस्तै स्याङ्जामा ९, धादिङमा ७, पर्सा, रौतहट, दैलेख, बझाङमा ५/५, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रामेछाप, रसुवा, तनहुँ, नवलपरासी (पुर्व), गुल्मीमा ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।
तेहथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्यूठान, मुगुमा ३/३, सोलुखुम्बु, अर्घाखाँची, डोल्पामा २/२, ओखलढुङ्गा, ताप्लेजुङ, पर्वत, म्याग्दी, कालिकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ६ सय ९९ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा ४ सय ९४, लुम्बिनी प्रदेशमा २ सय १८, गण्डकी प्रदेशमा एक सय ३७, सुदुरपश्चिम प्रदेशमा एक सय ३, प्रदेश दुईमा ७७ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय