arin enterprises

२ हजार ८१७ नयाँ संक्रमित भेटिए, २ हजार ८१२ निको

SamacharDesk – बिकाश | २०७७ कार्तिक २३, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ८ सय १७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार एक सय ६६ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ५१ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

पछिल्लो पटक २ हजार ८ सय १२ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ५७ हजार ९ सय २६ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १५ लाख ४० हजार ७७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ३ सय ११ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार एक सय ४९ जना छ ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार २ सय २२ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २९ हजार एक सय ९७ रहेका छन् ।

देशभरमा तीन सय ९८ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ८२ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४५, प्रदेश २ मा ७, वागमती प्रदेशमा एक सय ८०, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा १५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १५ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ८२ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ र रुपन्देही रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ८ पुगेको छ । आज थप २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय